एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्काटाले माधव कुमार नेपाल समूहलाई ‘साँप’ को संज्ञा दिएका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादल पराजित भएपछि कडा टिप्पणी गर्दै उनले दुध ख्वाएर पालेका साँपले डसेको बताएका हुन् ।
‘दुध ख्वाएर पालेका साँपले डसेका हुन्।बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र’, उनले ट्वीटरमा लेखेका छन् ।
बाँस्कोटालाई बादलको चुनावी अभियानमा सक्रिय भएका थिए भने उनीसँगै हेटौडासमेत पुगेका थिए । एमालेको माधव कुमार नेपाल समूहकै अन्तर्घातका कारण विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाले चुनाव जितेका थिए ।