१७ असार २०८३, बुधबार

लायन्स क्लबको सहयोगमा १५ शैयाको कोभिड एचडीयू वार्ड नेपाल भारत मैत्री-अस्पतालमा संचालन

लायन्स क्लबको सहयोगमा १५ शैयाको कोभिड एचडीयू वार्ड नेपाल भारत मैत्री-अस्पतालमा संचालन

  लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा आज देखि १५ सैयाको कोभिड एचडीयू वार्ड मित्रपार्क स्थित नेपाल भारत मैत्री-अस्पतालमा संचालनमा आएको छ । 

लायन्स क्लब अफ काठमाडौं समर्पणले दुईवटा हाई फ्लो मेशिन र छ वटा बीपाप मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु एचडीयू वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमाडौं समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिब अखिल अग्रवालले जानकारी गराए ।

 अहिलेको संकटपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्