
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेसँगै काँग्रेसले आकस्मिक बैठक बोलाएको छ ।
राष्ट्रपतिको आह्वान प्रक्रिया पुरा नभइ भएको बताएको काँग्रेसले शुक्रबार बिहानका लागि बैठक बोलाएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवाmे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठक छलफलका लागि बोलाएका हुन् ।