१९ असार २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठकको निर्णय

संविधान संशोधनका लागि सरकारद्वारा कार्यदल गठन

संविधान संशोधनका लागि सरकारद्वारा कार्यदल गठन

संविधान संशोधन गर्नका लागि सरकारले विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त सैद्धान्तिक निर्णय गरिएको हो।
आज मन्त्रिपरिषदको बसेको बैठकबाट उक्त सैद्धान्तिक निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई जानकारी गराएका छन्।

मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र राजेन्द्र महतोलाई उक्त कार्यदल गठन गरिएको निर्णयबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको  जसपाका एक नेताले बताए। 

नागरिकताको अध्यादेश ल्याउने र संविधान संशोधनका लागि विज्ञ सहितको कार्यदल गठन गर्ने मन्त्रिपरिषदबाट निर्णय गरिएको कुरा प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए। आफूहरुको माग पूरा गरिदिएकोमा जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्