काठमाडौं, १८ जेठ– साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्से ३.८ अंकले घटेर १६०४.३१ विन्दुमा पुगेर कारोबार बन्द भयो ।
यो महिना (जेठ)को सुरुवातदेखि नै लगातारजसो ओरालो लागिरहेको सेयर बजार बुधबार भने १३.६८ अंकले बढेको थियो ।
बिहीबार सेयर बजारमा उत्पादन तथा प्रशोधन र जलविद्युतबाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी होटेल समूहको परिसूचक २५.३२ अंकले घट्यो ।
बिहीबार ११ लाख ९२ हजार ९ सय ५८ कित्ता सेयर किनबेच भएको सेयर बजारमा ६४ करोड ९१ लाख ७ हजार रुपैयाँको कारोबार भयो ।