२७ असार २०८३, शनिबार
विपक्षी गठबन्धनको कसरत

कांग्रेसले बोलायो सर्वदलीय बैठक : प्रचण्ड, उपेन्द्र र माधव नेपाल सहभागी

कांग्रेसले बोलायो सर्वदलीय बैठक : प्रचण्ड, उपेन्द्र र माधव नेपाल सहभागी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको कदम रोक्न भन्दै सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार सर्वदलीय बैठक बोलाएको हो ।

राष्ट्रपतिको कदम रोक्नुपर्ने भएकाले दलहरूसँग छलफल गरेर कुन बाटोमा जाने भन्नका लागि सर्वदलीय बैठक बोलाइएको सह–महामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 

सर्वदलीय बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितलाई बैठकमा बोलाइएको कांग्रेसले जनाएको छ ।

त्यसअघि शुक्रवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । 

‘साँझ ५ बजेसम्मको समय दिइएकाले कार्यालय समयमै हामी कुनै निष्कर्षमा पुग्नेगरी छलफल गर्छौं,’ महतले भने । 

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार सकिँदैछ । 

शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्