
काठमाडौं, १८ जेठ – भरतपुर महानगरपालिकाको मतगणनामा मत पत्र च्यात्ने माओवादी कार्यकर्ताहरु रिहा भएका छन् । माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरुलाई अदालतले एक/एक लाख धरौटीमा रिहा गरेको छ । भरतपुरमा मतपत्र च्यातिएपछि अहिले मतगणना रोकिएको छ ।