
जनकपुरबाट पोखराका लागि छुटेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका-१५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
गम्भीर घाइते नौ जनालाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा ३०–३५ जना यात्रु सवार रहेको र अन्य यात्रु सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ८ बस्ने ५० वर्षीय धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।