
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज पनि फोन गरेको जानकारी गराएका छन् ।
शुक्रवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूले पटक-पटक फोन गरेको खुलाएका हुन् ।
'अघि पनि प्रचण्डजीलाई मैले फोन गरें । प्रचण्डजीबाट फोन आउने गरेको छैन मैले नै गर्ने गरेको छु ।'
नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसलाको प्रसंगमा ओलीलाई त्यतिबेला पनि आफूले प्रचण्डलाई फोन गर्दा आफ्नो फोनको धज्जी उडाएको गुनासो गरे ।
आजको फोनमा के कुराकानी भएको भन्ने प्रधानमन्त्री ओलीले खुलाएनन् ।
सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आह्वान गरेका छन् ।