१४ असार २०८३, आइतबार
सम्पादकहरूसँग प्रधानमन्त्री

विपक्षी दललाई प्रधानमन्त्रीको आग्रह– संसद् बचाउने हो भने मलाई समर्थन गर्नुस् !

विपक्षी दललाई प्रधानमन्त्रीको आग्रह– संसद् बचाउने हो भने मलाई समर्थन गर्नुस् !
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बचाउने भए आफूलाई समर्थन गर्न प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराएका छन् ।

उनले यस्तो विषय अवस्थमा मुलुकलाई चुनावमा जान नदिन आफ्नो मात्र भूमिकाले नपुग्ने बताए । 

लोकान्तरका सम्पादक विमल गौतमले कोभिडको महामारीमा चुनावमा जान सम्भव हुन्छ ? भनी गरेको प्रश्नको जवाफमा ओलीले यो विषय प्रतिपक्षीसँग सोध्नु पर्ने बताएका हुन् । 

‘मसँग १२१ सीट छ भने बाँकी १५० ले जवाफदेहिता लिनु नपर्ने हुन्छ ? मलाई भोट नहालेका समेत गरी १७७ सीट विपक्षमा छ भने जिम्मेवार १७७ हुन्छ कि ९३ वाला जिम्मेवार हुन्छ ? मैले त तपाईंहरू मिलेर वैकल्पिक सरकार दिनुस् भनिरहेको छु,’ ओलीले भने, ‘संसद् बचाउन मलाई समर्थन गर्नुस् ।’

प्रधानमन्त्री ओलीले कोभिडको महामारीको बेलामा चुनाव गरिरहनु वाञ्छनीय नभएपनि चुनाव सधैँ रहरले मात्र नहुने बताए ।

‘चुनाव स्वेच्छाले गर्ने मात्र हुँदैन, परिस्थितिले निम्त्याएको बेलामा चुनाव हुन्छ, फागुमा स्थानीय तहको चुनावमा गर्नै पर्नेछ,’ ओलीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्