
बहुमत सांसदको हस्ताक्षर लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नयाँ प्रधानमन्त्रीका लागि दाबी गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयसहित बहुमत सांसदको हस्ताक्षर लिएर नेताहरू शीतलनिवास पुगेका हुन् ।
विपक्षी गठबन्धनले आफूहरूको पक्षमा १४९ सांसदको हस्ताक्षर रहेको दाबी गरेको छ ।
त्यसमध्ये २७ वटा हस्ताक्षर नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरूको छ ।
प्रधानमन्त्रीमा कसलाई प्रस्ताव गरिएको भन्ने खुलाइएको छैन ।