×

NMB BANK
NIC ASIA

फेरिँदो राजनीति

माधव नेपाल समूहमा विद्रोह, कोर टीमका ६ सदस्यले लगाए हस्ताक्षर दुरूपयोगको आरोप

जेठ ७, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेको माधव नेपाल समूहमा विद्रोह भएको छ ।

Muktinath Bank

यसअघि केपी शर्मा ओलीविरुद्ध एकजुट भएका प्रभावशाली नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् । 


Advertisment
Nabil box
Kumari

विपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरमा नेपाल पक्षका २७ जना सांसदको नाम समावेश गरेपनि नेपाल पक्षका प्रभावशाली नेताहरूले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । 

Vianet communication

नेपाल पक्षको कोर टीमका सदस्यहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालले शुक्रवार आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । 

यससँगै उनीहरूले नेपालसँग कित्ताकाटको तयारी गरेको स्रोतले बतायो । पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । 

नेपाल पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । 

सांसदहरू नारायण खतिवडा र गणेश पहाडीले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफूहरूको समर्थन नरहेको बताएका हुन् । 

‘अहिलेसम्म पार्टीभित्रको संघर्षमा उहाँलाई साथ दिएको हो, आफ्नै पार्टीको सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई काँध थाप्न हिँडेपछि हामीले साथ छाड्यौं,’ नेपाल पक्षमा खुलेर लागेका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

शुक्रवार माधव नेपाललाई साथ नदिएका घनश्याम भुसाल प्रधानमन्त्री ओलीका कटु आलोचक मानिन्छन् ।

भीम रावल लगायत केही नेताले मात्र माधव नेपालको पछिल्लो कदमलाई समर्थन गरेका छन् । 

आफ्ना सांसदको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई जानकारी गराइसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x