
चितवन, १८ जेठ– भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या ९० रहेको पाइएको छ । १४ गते राति मत गणना भइरहेको समयमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
एमालेले माओवादी केन्द्रलाई आरोप लगाएको छ भने उसले त्यसको बचाउ गर्दै आएको छ ।
केही बेरअघि राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, प्रहरी, प्रमुख निर्वाचन अधिकृतको रोहबरमा च्यातिएको मतपत्र गणना गरिएको थियो । जसको परिणाम यस्तो आएको छ ।
भरतपुर-१९मा कुल खसेको मत-२८९७
गणना भई घोषणा भएको मत-१८०९
सग्लो मत-२८०७
च्यातिएर रनोक्सान भएको मत-९०
मतपत्र च्यातिनु अघिसम्म गणना भएको मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली ७ सय मतले अघि रहेका छन् ।