
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबीले विश्वासको मत पाउने आधार नभएकाले दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा हुनुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले दुवै दाबी जाली र कीर्ते रहेका आरोप लगाएका छन् ।
थापाले लेखेका छन्, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५) अनुसार ‘विश्वासको मत प्राप्त गर्ने’ आधार छैन । दुवै जाली/कीर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रह्मलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’
राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार 'बिश्वासको मत प्राप्तगर्ने'आधार छैन।
— Kamal Thapa (@KTnepal) May 21, 2021
दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ