२४ जेठ २०८३, आइतबार

राष्ट्रपतिलाई पत्र लेख्दै एमालेले भन्यो–देउवालाई समर्थन गर्नेमाथि छानबिन र कारबाही हुन्छ

राष्ट्रपतिलाई पत्र लेख्दै एमालेले भन्यो–देउवालाई समर्थन गर्नेमाथि छानबिन र कारबाही हुन्छ

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि छानबिन हुने र त्यसपछि आवश्यक कारबाही हुने स्पष्ट पारेको छ । 

पार्टीका दुई दर्जन बढी सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेको बारे प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रपतिलाई बिहीबार एक पत्र पठाएका छन् । पत्रमा ओलीले पार्टीको निर्णय विपरित कसैलाई पनि अर्को गठबन्धनतिर लाग्ने छुट नभएकाले त्यसबारे पार्टीले छानबिन गरिरहेको बताएका छन् । ओलीले पार्टी हितविपरितको गतिविधि गरेको पाइए उनीहरुमाथि कारबाही हुने स्पष्ट गरेका छन् । 

ओलीले केही सांसदहरुले आफूहरुको फर्जी हस्ताक्षर माधव नेपाल लगायतले देउवालाई बुझाएको दावी गर्दै लिखित जानकारी गराएको पनि राष्ट्रपतिलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । 
एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव एवम् संसदीय बोर्डका सदस्य शेरबहादुर तामाङले ओलीले राष्ट्रपतिलाई हस्ताक्षर विवाद बारेको पत्र राष्ट्रपति कार्यालयमा पठाएको जानकारी दिए । 
यता एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी हितविपरितका गतिविधि गर्नेमाथि कारबाही हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्