२८ जेठ २०८३, बिहीबार

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनावको मिति घोषणा

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनावको मिति घोषणा

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । 

शनिबार राति १ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । 

लगत्तै राष्ट्रपति कार्यालयले शनिवार बिहान १ बजेर ४९ मिनेटमा विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ-'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।'

यसअघि सरकारले २०७७ पौष ५ गतेपनि प्रतिनिधि सभा विघटनको सिफारिश गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो । 

पुस ५ मा प्रतिनिधि सभा विघटन भएको ५ महिना पछि सरकारले पुनः प्रतिनिधि सभा विघटनको सिफारिश गरेको हो । यसअघि शुक्रवार दिउँसो बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको संकेत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्