२९ जेठ २०८३, शुक्रबार

टोटेनहमका खेलाडीलाई दुर्व्यवहार गर्ने ८ जना पक्राउ

जेठ ८, २०७८
टोटेनहमका खेलाडीलाई दुर्व्यवहार गर्ने ८ जना पक्राउ

 इंग्लिस क्लब टोटेनहमका खेलाडीहरुलाई जातीय दुर्व्यवहार गर्ने आठ जना पक्राउ परेका छन् ।

टोटेनहमले खेलाडीलाई सामाजिक संजालबाट दुर्व्यवहार गर्ने आठ जना पुरुषलाई प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

गत अप्रिल ११ मा म्यानचेस्टर युनाईटेडसँग ३-१ ले पराजित भएपछि खेलाडीलाई दुर्व्यवहार भएको क्लबले जनाएको छ ।

सामाजिक संजाल ट्वीटरको माध्यमबाट खेलाडीलाई अपमानजनक सन्देशहरु आएको बताईएको छ ।

तर, क्लबले दुर्व्यवहार व्यहोर्ने खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छ ।

टोटेनहमले खेलाडीमाथि दुर्व्यवहार गर्ने पक्राउको स्वागत गरेको छ ।

पछिल्लो समय प्रिमियर लिगका खेलाडीमाथि दुर्व्यवहारको घटना बढिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्