.jpg)
काठमाडौँ, १८ जेठ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा पुनः मतगणना आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।.jpg?1496323779489)
एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पुनः मतगणना भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
सो महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले भरतपुर–१९ को ९० मतपत्र च्यातेपछि त्यहाँको मतणना स्थगन भएको छ र अबको प्रक्रियाबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । मतगणना पुनःसञ्चालन हुनुपर्नेमा माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका संसद्मा अवरोध गर्दै आएको छ ।
उहाँले राजधानी काठमाडौँलाई हेर्न र बस्नलायक बनाउने गरी काम गर्न निर्वाचित आफ्ना प्रतिनिधिलाई निर्देशन दिनुभयो । रासस