सप्तरी, १८ जेठ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले राष्ट्रिय जनता पार्टी नेपालले समेत चुनावमा भाग लिने जिकिर गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाल लोकतान्त्रिक फोरम, नेकपा(माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका प्रमुख राजनीतिक दलका नेतृत्व वर्ग राजपाका नेताहरुसँग निरन्तर छलफलमा रहेको र सकारात्मक कुराकानी भइरहेको जानकारी दिनुभयो ।
राजपालाई चुनावमा ल्याउनकै लागि स्थानीय तहको निर्वाचनको तिथिसमेत सारिएकाले चुनावपछि आफूहरुले मिलेर संविधान संशोधन गर्ने मन्त्री देवको भनाइ छ ।रासस