०१ साउन २०८३, शुक्रबार

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपले गर्‍यो विभिन्न सहयोग

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपले गर्‍यो विभिन्न सहयोग

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि शारदा ग्रुपले सरकारलाई विभिन्न सहयोग गरेको छ । 

सरकारले चालेका कदमहरुलाई केही सहयोग स्वरुप यस शारदा ग्रुप तथा यस अन्र्तगतका लगानी भएका कम्पनीहरूले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो ।

जस अनुसार, ग्रुपले दुहबी नगरपालिका अन्र्तगत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीहरुको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ साथसाथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फूड र बिरामी कुरुवाहरूको लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको छ ।

काठमाडौंमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै मारवाडी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।

लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेका छौं ।

यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसीयू र आइसोलेसन सहितको कोभिड सेन्टरको लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्