२४ असार २०८३, बुधबार

संघर्षविरामपछि गाजामा जीवन सामान्य अवस्थामा फर्किंदै, चारैतिर विनाश

जेठ ९, २०७८
संघर्षविरामपछि गाजामा जीवन सामान्य अवस्थामा फर्किंदै, चारैतिर विनाश

इजरायल र हमासबीच ११ दिनसम्म चलेको संघर्ष अन्त्य भएपछि गाजामा बिस्तारै जनजीवन सामान्य अवस्थामा फर्किंदैछ । 

शनिवार त्यहाँ केही क्याफे खुले, पसलेरूले पसलको सरसफाइ गरे र माझीहरू माछा मार्न समुद्र गए । 
 

गाजामा मानवीय सहायता पनि पुग्न थालेको छ । 

हजारौं प्यालेस्टाइनीहरू घर फर्किन थालेको तर आक्रमणमा भएको क्षतिको भरपाई हुन वर्षौं लाग्ने अधिकारीहरूको भनाइ छ । 

विश्व स्वास्थ्य संगठनले गाजामा घाइते भएकाहरूलाई उपचारका लागि बाहिर निकाल्न एक विशेष कोरिडोर बनाउन माग गरेको छ । 

उता दक्षिण इजरायलमा मानिसहरू संघर्षविरामका कारण खुशी छन् तर त्यस क्षेत्रमा पुनः संघर्ष शुरू हुने उनीहरू विश्वास गर्छन् । 

संयुक्त राष्ट्रसंघ लगायत विभिन्न सहायता निकायहरू गाजा पुग्न थालेका छन् । उनीहरूले औषधि, खाना र इन्धन लगेका छन् । सहायता आउनका लागि इजरायलले केरेम शेलम क्रसिङ खोलेको छ । 

इजरायलको हवाई आक्रमणका कारण गाजामा एक लाखभन्दा बढी मानिस घरबाट भाग्नुपरेको छ । यूनिसेफका अनुसार, त्यस क्षेत्रमा लगभग आठ लाख मानिससँग पिउने पानीको पाइपमा पहुँच छैन । 

प्यालेस्टाइनी अधिकारीहरूका अनुसार, कोभिडबाट आक्रान्त गाजामा हवाई आक्रमणपछि भत्केका भवन ठड्याउनका लागि करोडौं डलर खर्च हुनेछन् । 
 

गाजामा सामान पुर्‍याउन इजरायल र इजिप्ट दुवैको अनुमति आवश्यक हुन्छ । त्यो बाटो खोलेमा हमासलाई हतियार पुग्ने चिन्ता दुवैले गरेका छन् । 

प्यालेस्टाइनी शरणार्थीहरूको राष्ट्रसंघीय निकाय यूएनडब्ल्यूआरएले हजारौं विस्थापित मानिसहरूको पहिचान गरेर सहायता गर्ने आफ्नो प्राथमिकता रहेको बताएको छ । त्यसका लागि तत्कालै ३.८ करोड डलर सहायता आवश्यक रहेको उसको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्