
प्रतिनिधि सभा विघटनविरुद्धको रिटको तयारी गरिरहेका प्रतिपक्षी दलका सांसदहरू बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जम्मा भएका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद भेला भएको ठाउँमा नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदहरू पनि पुगेका छन् ।
एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि बानेश्वरमा उपस्थित छन् ।
यसअघि शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको एमाले वृत्तमा चर्चा चलेको थियो ।
स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।