२८ असार २०८३, आइतबार

धारा ७६ (५)को प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार हो, त्यस प्रश्नमा उजुरी लाग्दैन– प्रधानमन्त्री ओली

धारा ७६ (५)को प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार हो, त्यस प्रश्नमा उजुरी लाग्दैन– प्रधानमन्त्री ओली
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५)को प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गर्दै त्यस प्रश्नमा उजुरी नलाग्ने बताएका छन् । 

संविधानमा राष्ट्रपतिको अधिकार त्यति मात्र रहेको र राष्ट्रपतिले भरपर्दो आधार नदेखेर वैकल्पिक सरकार बन्न नसकेको ओलीको दाबी छ ।

एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीको कार्यक्रमलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले धारा ७६ (५) अनुसारको सरकार बन्ने ठोस आधार भए/नभएको ठहर गर्ने कुरा राष्ट्रपतिले मात्र गर्न सक्ने विषय भएको बताएका हुन् । 
‘धारा ७६ (५) अन्तर्गतको सरकार बन्न समय दिएर दाबी परेर, दाबी सदर हुन नसक्ने अवस्था देखेर ....,’ ओलीले भने, ‘राष्ट्रपतिको अधिकारको प्रयोय अन्यत्र छैन । भरपर्दो ठोस आधार अरूले होइन राष्ट्रपतिले ठहर गर्ने कुरा हो । राष्ट्रपतिले ठहर गर्दा नपुगेको देख्नुभयो । राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यही हो, त्यस प्रश्नमा कुनै उजुरी लाग्दैन,’ ओलीले भने । 

प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति तोक्ने संविधानको व्यवस्थाअनुसार सरकारले प्रतिनिधि सभाको विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेको उनले बताए ।

ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध मोर्चा कसेर मुद्दा हाल्न खोजिएको भन्दै न्यायमाथि मोर्चाबन्दीको अर्थ नहुने बताए ।

‘मोर्चा कसेर मुद्दा हाल्ने रे, व्यक्तिले हाले पनि धेरैले सही गरेर मुद्दा हाले पनि सच्चाइ त्यही हो । हतियारको लडाईंमा मोर्चा कस्नुको अर्थ हुन्छ, न्यायलाई मोर्चाले, दबाबले, प्रचार–कुप्रचारले प्रभावित गर्दैन, गर्नुहुँदैन,’ ओलीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्