२९ जेठ २०८३, शुक्रबार
कोरोना अपडेट

कोरोनाबाट थप १ सय ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ मा संक्रमण पुष्टि

कोरोनाबाट थप १ सय ९३ जनाको मृत्यु, ७ हजार ९ सय १४ मा संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट थप १ सय ९३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआरतर्फको परीक्षणमा ७ हजार ५९८ र एन्टीजेनतर्फको परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ७ सय ६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३ सय ६६ छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

हालको अवस्थामा १ हजार ७ सय २१ जना आईसीयूमा रहेको प्रवक्ता गौतमले जानकारी दिए । त्यसमध्ये ४ सय ८४ जना भेन्टीलेटरमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्