०३ असार २०८३, बुधबार

ट्याक्सीको झ्यालबाट फोहर फाल्ने यात्रुलाई ड्राइभरले फ्याँकिदिए (भिडियो)

असार २८, २०७८
ट्याक्सीको झ्यालबाट फोहर फाल्ने यात्रुलाई ड्राइभरले फ्याँकिदिए (भिडियो)

रुसमा एक ट्याक्सी चालकले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै फोहर फाल्ने यात्रुलाई समातेर ट्याक्सीबाट फालिदिएका छन् । 

उक्त ट्याक्सीको पछाडि गुडिरहेको कारको ड्याशबोर्ड क्यामराले यो अनौठो दृश्य रेकर्ड गरेको हो । 
 

बीएमडब्ल्यू ट्याक्सीका यात्रुले हेलैले एउटा बोतल झ्यालबाट फ्याँकेको देखिन्छ । सेन्ट पिटर्सबर्गमा ट्राफिकमा रोकिएको बेलामा घटना भएको हो । 

फोहर फ्याँकिएपछि चालकले तत्कालै ट्याक्सी रोक्छन् र बाहिर निस्कन्छन् । अनि पछाडिको कारतिर हात हल्लाएर माफी माग्छन् । 

उनले सडक छेउबाछ बोतल उठाउँछन् अनि यात्रुतर्फको ढोका खोल्छन् । 

त्यसपछि उनले यात्रुको घाँटी र पाइन्ट समातेर ट्याक्सीबाट खँदारेर निकाल्छन् । 

अनि उनी गाडीलाई जताबाट आएको हो, त्यतैतिर फर्काउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्