२८ जेठ २०८३, बिहीबार

स्थगित परीक्षा साउनमा लिने त्रिविको तयारी

जेठ १०, २०७८
स्थगित परीक्षा साउनमा लिने त्रिविको तयारी

 त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ ।

लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्