०२ साउन २०८३, शनिबार
जसपामा विवाद

उपेन्द्र यादवलाई ठाकुर पक्षले स्पष्टीकरण सोध्ने, चित्त बुझ्दो जवाफ नआए कारवाही

जेठ १०, २०७८
उपेन्द्र यादवलाई ठाकुर पक्षले स्पष्टीकरण सोध्ने, चित्त बुझ्दो जवाफ नआए कारवाही

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने भएको छ ।

जसपाको अध्यक्ष ठाकुरको अध्यक्षतामा जेठ ९ बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

जसपाका एक कार्यकारिणी समिति सदस्यले लोकान्तरलाई दिएको जानकारी अनुसार शुरूमा यादवलाई स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जबाफ नआए पार्टीको विधान अनुसार कारवाही गर्ने निर्णय भएको छ।

जसपाले स्थगित गरेको कार्यकारिणी समितिको बैठक यादवले एकतर्फी रुपमा बोलाएको तथा जसपा संसदीय दलको नेता राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकबाट केपी शर्मा ओलीको सरकारलाई जसपाले समर्थन गर्ने निर्णय विपरीत विपक्षी गठबन्धनलाई सहयोग गरेको कारण यादवलाई कारवाही स्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए।

यस अघि यादवले पनि ठाकुर, महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। साथै ओली सरकारमा सहभागी हुने पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्