१२ असार २०८३, शुक्रबार
सर्वाेच्चसम्म पुग्यो राजनीतिक विवाद

यस्तो छ विपक्षी दलले सर्वोच्चमा दायर गरेको रिटको व्यहोरा [पूर्णपाठ]

यस्तो छ विपक्षी दलले सर्वोच्चमा दायर गरेको रिटको व्यहोरा [पूर्णपाठ]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएर रिट दिएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ । 

यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएको थियो । 

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल सहितका नेताहरू सर्वोच्च पुगेका छन् ।

सोमवार १४६ सांसदको हस्ताक्षर संकलन गरिएको माधव नेपाल पक्षीय नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले दाबी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विश्वासको मत नलिएका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएको दाबीसहित रिट तयार भएको जानकारी दिए ।

यस्तो छ रिट निवेदन –

salt training

कमेन्ट गर्नुहोस्