
मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसम्मका कागजपत्रहरू लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयसँग माग गरेको छ ।
गठबन्धनले मुख्यमन्त्री पोखरेलको नियुक्तिलाई असंवैधानिक बताउँदै आएको छ ।
सोमबार कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मती ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर कागजपत्र मागको निवेदन दर्ता गराएका छन् ।
सर्वोच्च अदालत जाने बताएको चार दलीय गठबन्धनले कागजात नपाएपछि लिखित रूपमा कागजात माग गरेको हो ।
गठबन्धनले सोमबार नेपालको संविधानको धारा र सूचनाको हकसम्बन्धी २०६४ दफा ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयमा लिखित पत्रमार्फत कागजात मागेको हो ।
नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गरियोस् भन्ने प्रस्तावसहित हस्ताक्षर समेत मागिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।
वैशाख १९ गते मुख्यमन्त्री पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धन कानूनी उपचारको खोजीका लागि भन्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
हेर्नुहोस्, सूचना मागको निवेदन :

