![विपक्षीले सर्वाेच्चमा दर्ता गरेको २१ पेजको रिटमा के–के छ ? को–को हुन् निवेदक ? [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Deuba_Prachanda_Madhav_Upendra_2ghYbTeuJq.png)
संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा २१ पेटको रिट निवेदन दर्ता गरेको छ ।
सोमवार दिउँसो २ बजे विपक्षी गठबन्धनका १४६ सांसदको हस्ताक्षरसहित रिट दर्ता गरिएको छ ।
रिट दर्ता गरेपछि सर्वोच्च अदालत परिसरमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश र प्रतिनिधिसभा पुनःस्थापनाको आदेश माग राखिएको जानकारी दिए ।
‘संविधानसम्मत रूपले प्रतिनिधि सभाको कायम संख्याको बहुमत कायम गरेर संविधान बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग्ने कुरा रिटमा छ, सर्वोच्चबाट सोही अनुसारको अपेक्षा गरेका छौं,’ लेखकले भने, ‘प्रतिनिधि सभाको पुनर्गठनको मूल माग लिएर १४६ जना आउनुभएको छ ।’
रिट दर्ता गर्न कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित नेताहरू सर्वोच्च पुगेका थिए ।
रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेका छन् ।
यस्तो छ २१ पेजको पूर्णपाठ –




















