
नेपालको संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया र प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्च अदालतमा २८ वटा रिटलाई दर्ताका लागि अनुमति दिइएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार सोमवार साँझ ५ बजेसम्म २८ वटा रिट निवेदन दर्ताका लागि अदालतमा पेश भएका छन् ।
दर्ताका लागि रित पुगेको परीक्षण गर्ने काम सकिएपछि सबै रिट भोलि मंगलवार दर्ता हुने उनले बताए ।
प्रतिनिधिसभा पुनःस्थापनासहित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिपाऊँ भन्दै २४ वटा रिट पेश भएका छन् ।
सर्वाेच्चमा ४ वटा रिट प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई कायम नै राख्न मागदाबी गर्दै आएका छन् ।
सोमवार नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले १४६ जना निवर्तमान सांसदको हस्ताक्षरसहित सर्वाेच्चमा रिट निवेदन दिएको छ ।