०८ साउन २०८३, शुक्रबार

सलमान खानले आफ्नै पाइन्टको धागो चपाएपछि...

कात्तिक २०, २०७४
सलमान खानले आफ्नै पाइन्टको धागो चपाएपछि...

अचेल सामाजिक सञ्जाल तथा इन्टरनेटमा सलमान खानको एउटा भिडियो भाइरल भएको छ । भिडियोमा सलमान खानले जिन्सको धागो चपाइरहेको देखिन्छ ।

फिल्म ‘ट्युबलाइट’को प्रोमोसन कार्यक्रममा उनले जिन्सको धागो चपाएको भिडियो भाइरल भएको हो । खासमा सलमानले आफ्नो जिन्समा निस्किएको एउटा धागो चुँडाउन दाँतको प्रयोग गरेका थिए । यस्तो भिडियो देखेपछि विभिन्न प्रतिक्रिया आएका छन् ।

एक प्रतिक्रिया यस्तो छ, ‘बिइङ ह्युमनले खानलायक जिन्स लन्च भएको छ ।’ प्रतिक्रिया यतिमा मात्रै सीमित छैन । एउटा अर्को प्रतिक्रिया छ, ‘सलमान खानले जिन्दगीमा तीन काम गरेका छन्, गर्लफ्रेन्डलाई दाग लगाउने, बन्दुक दाग्ने र धागो चपाउने ।’ सबैले प्रतिक्रियामा सलमानलाई उडाएका छन् ।


salt training

कमेन्ट गर्नुहोस्