०३ असार २०८३, बुधबार

गुल्मेली पत्रकारको अक्सिजन संकलन अभियान : प्लाण्ट स्थापना गर्न पत्रकार महासंघद्धारा गुल्मी अस्पताललाई ६० लाख प्रदान

गुल्मेली पत्रकारको अक्सिजन संकलन अभियान : प्लाण्ट स्थापना गर्न पत्रकार महासंघद्धारा गुल्मी अस्पताललाई ६० लाख प्रदान

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ ।

सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजनको अभाव हुन नदिन २५ वैशाखबाट  जिल्लामा अक्सिजन अभियान संचालन गरेको थियो ।

सोही अभियान मार्फत संकलन भएको ५० लाख र जिल्ला समन्वय समिति गुल्मीले पत्रकार महासंघलाई प्रदान गरेको गरेर ६० लाख रुपैयाँको चेक अक्सिजन प्लान्टको लागि अस्पताललाई प्रदान गरिएको अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए ।

पत्रकार महासंघले केहि समय अघि अक्सिजनको अभाव बढेपछि पाँच लाख रुपैयाँ बराबरको ग्याससहितका २० वटा ठूला अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो । अहिले पनि सिलिन्डर भर्ने काममा महासंघले सहजीकरण गरिरहेको शाखाका सचिव प्रेम सुनारले बताए ।

उनले त्यो बाहेक महासंघको आइसोलेसनमा रहेका सिलिन्डर समेत पनि तत्काल अस्पताल र बिरामी बाहिर रिफर गर्नुपर्ने अवस्थामा प्रदान गर्ने गरिएको जानकारी दिए । पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले सरकारसंग समुदाय साझेदारी गरेर प्लान्ट निर्माणको काम थालिएको बताए ।

उनले अहिलेको कोभिडलाई मात्रै नभएर केहि समयमै निर्माण हुने सय बेडको अस्पताल, स्थानीय तहहरुमा निर्माण हुने १५ शैयाको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुको अक्सिजन आपूर्तिलाई ध्यान दिएर डेढ करोड बढिको अक्सिजन प्लान्ट संचालन गर्न थालिएको जानकारी दिए ।

अर्यालले अब महासंघले अभियानसँगै तत्काल प्लान्ट संचालन गर्न दवाव सृजना गर्ने बताए । सरकारी खरिद प्रक्रियाको ढिलासुस्ती प्रति नागरिकले शंका गरेका छन्, उनले भने, अक्सिजन सुनिश्चिता नहुने बेलासम्म अभियान र दवाव रोकिँदैन ।

यो अभियानमा देश तथा विदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको छ । बैंकहरू बन्द भएकाले बोल रकम पनि उठ्न केहि उठ्न बाँकी रहेको अभियानका लेखा संयोजक रेशम कुवँरले जानकारी दिए । उनले तत्काल पठाउन बाँकी रकम पठाएर सहयोग गर्न सवैलाई आग्रह गरे । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको एक करोड र आइसियुको लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम विनियोजन भएको हो । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पत्रकारहरुले देशमै नमुना काम गरेको बताए । उनले पत्रकारले लेख्ने र आलोचना मात्रै गर्दैनन् नागरिकको सुख दुख र महामारीमा एक छन् भन्ने सन्देश दिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्