२१ जेठ २०८३, बिहीबार

हत्याको आरोप लागेका भारतीय रेस्लर सुशील कुमार रातभरि रोए हिरासतमा

जेठ ११, २०७८
हत्याको आरोप लागेका भारतीय रेस्लर सुशील कुमार रातभरि रोए हिरासतमा

भारतलाई रेस्लिङमा ओलम्पिक पदक जिताएका सुशील कुमारलाई जुनियर पहलमान सागर धनखडको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

उनका सहयोगी अजय सहरावतलाई पनि पक्राउ गरी सोमवार ६ घन्टासम्म सोधपुछ गरिएको छ । 

हत्यामा संलग्न तथा अहिले फरार रहेका नौजना आरोपितका बारेमा थाहा पाउन प्रहरीको केरकार जारी छ । 

पक्राउ परेपछि सुशीललाई आफ्नो करीयरको चिन्ता लागेकाले हिरासतमा रातभरि रोएको प्रहरीले जानकारी दिएको छ । लकअपमा उनी धेरैपटक ग्वाँ ग्वाँ रोएको, खाना पनि नखाएको र रातभरि नै जागेको प्रहरीले जनायो । 

अपराध शाखाको टोलीले घटनाको सबै पक्षको मिहिन जाँच गर्न खोजिरहेको छ । टोलीले छत्रसाल स्टेडियम पुगेर घटनास्थलको ग्राफ पनि बनाएको छ । सुशीललाई सहयोग गर्ने महिला खेलाडीलाई पनि सोधपुछ गरिँदैछ । 

मोडल टाउन एम ब्लकको फ्ल्याटमा पनि अनुसन्धान टोली पुगेको छ । त्यहाँ सुशील र उसका साथीहरूले सागरलाई अपहरण गरेर राखेका थिए । 

आफूले सागरलाई मार्न नचाहेको, पाठ पढाउन मात्र खोजेको भनी सुशीलले प्रहरीलाई बयान दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्