×

NMB BANK
NIC ASIA

गण्डकीमा जेठ १६ लाई अधिवेशन आह्वान सिफारिस

जेठ ११, २०७८

NTC
Premier Steels

लामो समयदेखि स्थगित गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिने भएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १६ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता रामशरण बस्नेतले बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशसभाको अधिवेशन जेठ १६ गते दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने गरी संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्ले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वानका लागि सिफारिस गर्ने व्यवस्था छ । 

Vianet communication

यसैगरी, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा पेस सडकसम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति दिएको छ । 

गण्डकी प्रदेशमा २९ वैशाखमा दोस्रो कार्यकालका लागि नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले साविकको ८ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएका छन् ।

प्रदेशसभामा कुल ६० सदस्यमध्ये उनको पार्टी नेकपा एमालेसँग २७ सदस्य छन् । स्वतन्त्र सांसद दीपक मनाङ्गेको साथ उनलाई छ । बहुमत ३१ सदस्य पु¥याउन थप ३ सदस्य आवश्यक पर्दछ । 

नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चा नेपालका ३ र जसपाका २ सांसद छन् । मुख्यमन्त्रीले सत्ता टिकाउन यतिबेला विपक्षी दलहरूलाई फकाउँदै छन् । 

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मत विभाजन हुने दिन प्रदेशसभाको गत १५ वैशाखपछि बैठक बसेको छैन ।

२७ वैशाखका लागि पुनः बैठक आह्वान गरिएकोमा त्यसको अघिल्लो दिन २६ वैशाखमा मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशका राजनीति एक्कासी फेरिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x