०७ साउन २०८३, बिहीबार
कोरोना संकट

जेठ २० सम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल समेत खोल्न नपाइने

जेठ २० सम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल समेत खोल्न नपाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्बिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमवारको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

निषेधाज्ञा थप कडा पार्ने निर्णय पनि बैठकले गरेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पनि खोल्न नपाइने भएको छ । तरकारी पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्