०२ असार २०८३, मंगलबार

पछिल्लो २४ घन्टामा थप १ सय ६९ संक्रमितको मृत्यु, ८ हजार ६३६ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा थप १ सय ६९ संक्रमितको मृत्यु, ८ हजार  ६३६ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल २२ हजार ९ सय ३६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित पाइएको मंगलवार स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । 

यस दिन १ सय ६९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या मुलुकभर ६ हजार ७ सय पुगेको छ । 

पछिल्लो २४  घन्टामा ६ हजार ४०४ संक्रमित निको भएका छन् । यो निको भएको दर ७६.६ प्रतिशत रहेको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमित उपचारपछि निको भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्