×

NMB BANK
NIC ASIA

स्कूल तहमा टेलिफोनबाट परीक्षा !

जेठ १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् ।

Muktinath Bank

जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकन लगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गर्ने कार्य शुरू गरेका छन् ।


Advertisment
Nabil box
Kumari

राजधानीको सरस्वती निकेतन माध्यमिक विद्यालयले अनलाइन माध्यमका आधारमा विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन शुरू गरेको छ । अनलाइनमा जोडिन सम्भव नहुने विद्यार्थीलाई टेलिफोनबाट परीक्षा लिइएको छ ।

Vianet communication
Laxmi Bank

परीक्षा जेठ १४ गते सक्ने विद्यालयको योजना छ । सो विद्यालयका प्रधानाध्यापक रविना महर्जनले माथिल्लो कक्षाका ८० प्रतिशत जति विद्यार्थी अनलाइनमा जोडिएकाले परीक्षा सञ्चालनमा सहज भएको बताइन् ।

फोनमा समेत सम्पर्क हुन नसक्ने केही विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकनको माध्यमबाट कक्षा स्तरोन्नति गरिने प्रअ महर्जनले जानकारी दिइन् । यसअघि यो विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा २ पटक परीक्षा लिइसकेका कारण त्यसको समेत आधारमा विद्यार्थीको अन्तिम सिकाइ उपलब्धि मूल्यांकन गरिने जनाइएको छ ।

राजधानीकै जनपथ माध्यमिक विद्यालयले अनलाइनमा उपलब्ध विद्यार्थीलाई सोही माध्यमबाट परीक्षा लिने भएको छ । जेठ १३ गतेदेखि परीक्षा शुरू गरी २२ गतेसम्म सक्ने विद्यालयको कार्यतालिका छ । सबै विद्यार्थी अनलाइनमा जोडिन नसकेकाले केही विद्यार्थीलाई मोबाइलमा प्रश्न सोधेर पनि अन्तिम परीक्षा लिइने विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले जानकारी दिए ।

विद्यालयले टेलिफोनमा सम्पर्क हुन नसक्ने विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकनबाट समेत विद्यार्थीको सिकाइ उपलिब्धको परीक्षण गर्नेछ ।

ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षा लिने तयारी गरेको जनाएको छ । जेठ १३ गतेदेखि नै परीक्षा शुरू गरी २१ गते परीक्षा सक्ने विद्यालयको योजना छ । अनलाइनमा जोडिन नसकेका विद्यार्थीलाई घरमा नै परियोजना कार्य दिएर परीक्षा लिइने विद्यालयका प्रअ सरोजभक्त आचार्यले जानकारी दिए । यसका अतिरिक्त फोनबाटै पनि परीक्षा लिने योजना बनाइएको छ । परीक्षा सकिएपछि पुनः समीक्षा गरी छुट भएका विद्यार्थीको परीक्षा लिइने उनले जानकारी दिए ।

विद्यालयहरूले कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई भने परीक्षाभन्दा निरन्तर विद्यार्थी मूल्यांकन र यसअघि विद्यायलले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा निर्णय गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले जेठ २० गतेसम्म परीक्षाको सबै कार्य पूरा गरी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र शुरू गर्न मातहतका सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले नयाँ शैक्षिक सत्र २०७८ सालको असारबाट शुरू गर्ने निर्णय यसअघि नै गरिसकेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x