![उपेन्द्र पक्षले महन्थलाई सोध्यो ९ बुँदे स्पष्टीकरण : केपी ओलीलाई किन साथ दिएको ? [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/Upendra_Mahantha_WQW8EEPhdj.png)
जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ ।
यसअघि अध्यक्ष ठाकुरले यादवलाई स्पष्टीकरण सोधेको पत्र सार्वजनिक भएको थियो ।
यादव पक्षले ठाकुरलाई सोधेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?’
पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले लेखेको पत्रमा जेठ ८ गते सम्पन्न कार्यकारिणी समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको उल्लेख छ ।
अनुशासनको कारवाही सम्बन्धी व्यवस्था अनुसार पार्टी विधानको धारा ४९ बमोजिम स्पष्टीकरण सोधिएको जनाइएको छ ।


यसअघि अध्यक्ष ठाकुरले उपेन्द्रलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार स्पष्टीकरण पत्र पठाएका थिए ।

