२५ जेठ २०८३, सोमबार

अक्सिजन सिलिन्डर व्यवस्थापनमा समस्या देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले गरायो यस्तो ध्यानाकर्षण

अक्सिजन सिलिन्डर व्यवस्थापनमा समस्या देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले गरायो यस्तो ध्यानाकर्षण

अक्सिजन सिलिन्डरको व्यवस्थापनमा समस्या देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिक र उद्योगहरूलाई ध्यानाकर्षण गराएको छ ।

अक्सिजन सिलिन्डरहरू भर्नका लागि समयमा अस्पतालहरूमा नपुग्ने समस्या देखिएको भन्दै मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको हो ।

एउटा उद्योगको सिलिन्डर अन्यत्र जाने, घर वा आइसोलेसनमा लगिएका सिलिन्डरहरू समयमा नै उद्योगमा नपुग्ने लगायतका समस्या देखिएको मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

'यो संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गर्न, गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ ।

हेर्नुहोस्, सूचना :

salt training

कमेन्ट गर्नुहोस्