२८ जेठ २०८३, बिहीबार

राजपा नेता कर्णले भनेः देउवाजीलाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैनौं

कात्तिक २०, २०७४
राजपा नेता कर्णले भनेः देउवाजीलाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्दैनौं
काठमाडौं, १९ जेठ– राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको विरोधी नभएको बताएका छन् । कर्णले आफ्ना कार्यकर्ताहरुलाई लगाईएका राजनीतिक मुद्दा फिर्ता, बन्दी रिहाई गरे आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग लिने स्पष्ट पारेका छन् ।

राजधानीमा शुक्रबार अायोजित एक कार्यक्रममा  नेता कर्णले आफुहरू खालि हात सरकारमा नजाने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकार गठनका बेला तीन बुँदे सर्तसहित सरकारलाई आफूहरुले समर्थन दिएको स्मरण गर्दै भने,‘हामीले प्रचण्डको सरकार गठनका बेला तीन बुँदे सम्झौता गरेर मतदान गर्यौँ तर उहाँले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन्, ईमान्दारिता देखाउन सक्नुभएन्, फेरी अहिले पनि काँग्रेसले हामीलाई सरकारमा जानको लागि भनिरहेको छ तर हामी निःशर्तमा सरकारमा जादैनौँ, हाम्रा मागहरूमा हामी अडिग छौं।’

कर्णले दोस्रो चरणको निर्वाचनमा भागलिने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै भने,‘हामीले निर्वाचनमा जादैनौँ भनेका छैनौ, हामी निर्वाचनमा भाग लिन्छौ, तर हाम्रा न्यूनतम माग पुरा गर्नुपर्छ, सहिद घोषणा, बिचारकै आधारमा कार्यकर्ता जेलमा छन्, ती कार्यकर्ताको रिहाई, स्थानीय तह संख्या थपेको खण्डमा हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशलाई विभेद गर्न पाईदैन।’ उनले आफूहरु पनि निर्वाचनको तयारीमा जुटेको बताए ।

यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकालाई तत्काल विना शर्तः समर्थन नगर्ने समेत बताए । कर्णले भने,‘हामी अहिले नै देउवाजीलाई समर्थन गर्ने पक्षमा छैनौं, हाम्रा माँगहरु पूरा नगरेसम्म हामीले किन समर्थन गर्छौं ?’

उनले फरक प्रसँगमा सर्वोच्चको निर्णयलाई सरकारले पुनः विचार गर्नको लागि कुनै प्रयास नगरेको समेत आरोप लगाए । उनले अघि थपे,‘हाम्रो देशमा अदालत अच्चमको तरिकाले चलेको छ, कि त अदालतलाई संसद चलाउ, सरकार चलाउ, सबै तिमी नै चलाउ भन्नुपर्छ, कि होईन भने सरकारले चुनौतीहरु मोल्नुपर्छ।’

salt training

कमेन्ट गर्नुहोस्