काठमाडौं, १३ पुस — पाकेको केराले स्वास्थ्यलाई गजब बनाउँछ । पाकेको केरा मीठो पनि हुन्छ, त्यसमा पोषक तत्व पनि प्रचूर हुन्छ । अझ केरामा खैरा दाग देखिन्छन् भने त झन् खोजीखोजी खानुस् ।

१ छाती पोल्ने केराले प्राकृतिक रूपमा पेटको अम्ललाई रोक्छ । पेटमा धेरै एसिड जम्मा भएर छाती पोल्न थाल्यो भने केरा खाइदिनुस् ।
२ क्यान्सर पाकेको केराले शरीरमा ट्युमर बढ्न दिँदैन । शरीरमा असाधारण कोषिकाहरू निर्माण भए भने क्यान्सर लाग्ने हो । तर केराले शरीरमा एन्जाइम बनाइदिन्छ जसले खराब कोषिकाको निर्माणलाई रोक्छ । केरा श्वेत रक्तकोषिका पनि निर्माण गर्छ जसका कारण ट्युमर बढ्न पाउँदैन ।
३ दिसा रोकिनेचारवटा जति पाकेको केरा खाइदिनुभयो भने मजाले खलास हुन्छ । केरामा भएको फाइबरले स्वस्थ मेटाबोलिजम बनाउँछ ।
४ तनावतपाईं चिन्तित र तनावग्रस्त हुनुहुन्छ भने केरा खाँदा शान्त बन्नुहुन्छ । केराले रगतमा चिनीको मात्रालाई सामान्य बनाउँछ अनि यसमा भएको भिटामिन बीले नसालाई शान्त तुल्याउँछ ।
५ शरीरको तापक्रमधेरै गर्मीका बेलामा केरा खाँदा शरीर शीतल हुन्छ । ज्वरो आउँदा पनि केरा खानु ठीक हुन्छ ।
६ हृदयघातपकेको केरामा धेरै पोटासियम हुनाले हृदयघातको खतरा टर्छ । दिनको १५ सय एमजी पोटासियम शरीरमा पार्नु राम्रो हुन्छ । तीनवटा केरामा त्यति पोटासियम हुन्छ ।
मजाले पाकेर बोक्रा नै खैरो भइसकेको केरालाई गलेको के खानु भन्दै फ्याँक्छन् धेरैले । त्यसो गर्नु बुद्धिमानी काम होइन । पाकेको केरामा एन्टीअक्सिडेन्ट हुन्छ । पाचनमा समस्या भोगिरहेका मानिसले केरा खाँदा खाना पचाउन सहज हुन्छ ।
एजेन्सी