
काठमाडौं १९ जेठ– प्रधानमन्त्री चयनका लागि व्यबस्थापिका संसद्मा जेठ २१ गते आइतवार चुनाव हुने भएको छ ।
संसदका महासचिव मनोहरप्रसाद भट्टराईले शुक्रवार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन् । शनिवार दिउसो प्रधानमन्त्रीको उम्मेदवारी मनोनयन र आइतवार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री चयन हुनेछ ।
