०१ असार २०८३, सोमबार

कार्टुनमा क्यारिकेचर

कात्तिक २०, २०७४
कार्टुनमा क्यारिकेचर

काठमाडौंँ, १९ जेठ - कार्टुनमा क्यारिकेचरका विषयमा नेपाल कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानको संयुक्त आयोजनामा आज नेपाल कला परिषद्मा कार्यशाला तथा अन्तक्र्रिया गरिएको छ ।
‘नेपाली क्यारिकेचर २०७४’ कार्यशाला, प्रदर्शनी तथा प्रतियोगिताको शुभारम्भ गर्दै प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख नारदमणि हार्तम्छालीले समाज रुपान्तरणमा कार्टुनले जनतासँग प्रत्यक्ष संवाद गर्दै आएको बताउँदै भन्नुभयो, “समाजका खराब पक्षलाई कार्टुनले सशक्त रुपमा प्रहार गर्दै आएको छ । कार्टुन समाजसँग जोडिँदै आएको छ ।”

कार्यक्रममा कलाकार जीवन राजोपाध्यायले कार्टुनमा क्यारिकेचरको भूमिका अहम हुने बताउनुभयो । अर्का कलाकार अशोकमान सिंहले कार्टुन समाजका लागि प्रभावशाली विधा भएकाले यसमा क्यारिकेचरको मुख्य भूमिका रहने बताउनुभयो । क्लबका उपाध्यक्ष वासु क्षितिजले क्यारिकेचरले कार्टुनको विषयलाई गहन बनाउने बताउनुभयो ।

क्लबका अध्यक्ष अविन श्रेष्ठले नेपाली कार्टुनमा क्यारिकेचर पक्ष कमजोर रहेको बताउँदै भन्नुभयो, “क्यारिकेचर र विषयको तालमेल सही ढङ्गले हुन सक्यो भने कार्टुन सशक्त हुन्छ ।” कार्यशालामा सिंह, राजोपाध्याय, क्षितिज र अविन श्रेष्ठले क्यारिकेचर बनाउनुभएको थियो । आउँदो साता कार्यशालामा सहभागी कार्टुनिस्टले तयार पारेका कार्टुनको प्रदर्शनी गरिने नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले बताउनुभयो । साथै सहभागीलाई प्रतियोगितात्मक रुपमा सहभागी गराई पुरस्कृतसमेत गरिने जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्