३० असार २०८३, मंगलबार
जसपा विवाद

महन्थ पक्षले उपेन्द्रलाई पनि गर्‍यो कारवाही, साधारण सदस्य समेत नरहने गरी निस्कासन

महन्थ पक्षले उपेन्द्रलाई पनि गर्‍यो कारवाही, साधारण सदस्य समेत नरहने गरी निस्कासन
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको नेता सुरेन्द्र झाले लोकान्तरलाई जानकारी दिए ।

महन्थले उपेन्द्रलाई कारवाही सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि गराइसकेका छन् ।

यसअघि आजै उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गरेको थियो ।

एकले अर्कोलाई कारवाही गरेपछि जसपा विभाजनले औपचारिकता पाउन मात्र बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्