
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएर नलखेटिँदासम्म सत्ताको रसोस्वादन गरिरहेको स्मरण गराएका छन् ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले ओली सरकारमा सहभागी भएर अध्यक्ष उपेन्द्रले पार्टीका माग सम्बोधन गराउन सिन्कोसम्म नभाँचेको आरोप लगाए ।
२०७७ वैशाख १० गते समाजवादी पार्टी फुट्नै लाग्दा जोगाइमाग्दै एकीकरण गर्न हतारिएका यादवले एकीकरणपछि गुटगत गतिविधि गरेको आरोप लगाएका छन् ।
२ नम्बर प्रदेशमा समायोजित नभएका समितिबाट संघर्षका कार्यक्रम भनेर जेठ १८ र १९ गते घोषणा भएका आन्दोलनका कार्यक्रमप्रति समेत अध्यक्ष महतोले ध्यानाकर्षण भएको जनाएका छन् । कोरोना महामारीको बेला भ्रमपूर्ण र अघोषित कार्यक्रममा नलाग्न समेत आह्वान गरिएको छ ।

