०७ असार २०८३, आइतबार

कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

जेठ १८, २०७८
कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना  संक्रमणमुक्त भई घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ जनाको पीसीआर र  ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत ५ हजार २८५ र एन्टिजेनमार्फत ८०० जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित छन् । मन्त्रालयको अनुसार सोही अवधिमा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । 

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ छ ।

salt training

कमेन्ट गर्नुहोस्