०४ असार २०८३, बिहीबार

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाले गरे ३ लाख सहयोग

जेठ १९, २०७८
कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाले गरे ३ लाख सहयोग
प्रतिकात्मक तस्वीर

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

उनले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन ३ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’का लागि २ लाख र ‘हेल्पिङ हेन्ड’ डोल्पाका लागि १ लाख सहयोग गरेको पूर्व राज्यमन्त्री बुढाले जानकारी दिए । जिल्लाका युवा अभियानकर्मीले शुरू गरेको आर्थिक संकलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ ।

विपन्न संक्रमित नागरिकका लागि अक्सिजन सिलिन्डर,औषधि, मास्क लगायतका महत्त्वपूर्ण सामग्री खरिदका लागि सहयोग गरेको भन्दै उनीप्रति युवा अभियानकर्मीले आभार व्यक्त गरेका छन् । २ सामाजिक संस्थाले शुरू गरेको आर्थिक संकलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल, स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्