×

NMB BANK
NIC ASIA

त्रिविले वेबसाइटमै राख्यो लेखापरीक्षण निर्देशिका

जेठ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलो पटक लेखापरीक्षणमा एकरूपता ल्याउन भन्दै लेखापरीक्षण महाशाखाले लेखापरीक्षण निर्देशिका २०७७ जारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष साउन महिनामा स्वीकृत भएको निर्देशिका त्रिविको अफिसियल वेबसाइटमा ८ महिनापछि  २०७७ फागुन २५ गते राखिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रिडम फोरमले २०७३ सालमा त्रिवि केन्द्रीय कार्यालय र त्रिविका ६० वटा आंगिक क्याम्पसमा सूचनाको हक प्रयोग गरेर आन्तरिक लेखापरीक्षण प्रतिवेदन र बाह्य लेखापरीक्षण प्रतिवेदन माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा एकरूपता नरहेको भन्दै त्रिविका तत्कालीन रजिस्ट्रारले महालेखा परीक्षकको अन्तिम प्रतिवेदन मात्र सूचनाको हक बमोजिम दिन सकिने भन्दै आन्तरिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्न क्याम्पसहरूलाई लिखित परिपत्रमार्फत निर्देशन दिएका थिए ।

Vianet communication
Laxmi Bank

फ्रिडम फोरमले कानून बमोजिम माग गरेको सूचना नपाएको भन्दै त्रिवि केन्द्रीय कार्यालय र विभिन्न क्याम्पसहरूविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको थियो । आयोगको आदेशपछि विभिन्न क्याम्पसहरूले आन्तरिक लेखा परीक्षणको प्रतिवेदन समेत उपलब्ध गराएका थिए भने केही क्याम्पसको पुनरावेदन मुद्दा आयोगमा अझै फछ्र्यौट भइसकेको छैन । 

५ वर्षअघि गरिएको सूचनाको हकको प्रयोगबाट क्याम्पसले प्रदान गरेको सूचनाको तथ्य विश्लेषणको आधारमा आन्तरिक लेखापरीक्षणमा जाने त्रिवि केन्द्रीय कार्यालय लेखापरीक्षण महाशाखाका कर्मचारीले दैनिक भ्रमण भत्ता र यातायात खर्च दोहोरो लिने गरेको तथ्य बाहिर आएको थियो ।

केन्द्रबाट दैनिक भ्रमण भत्ता खाएर लेखा परीक्षण गर्न जाने त्रिविका कर्मचारीले सम्बन्धित क्याम्पसमा अतिथि सत्कार शीर्षकमा हजारौं रुपैंया खर्च गरेर फर्कने गरेको तथ्य क्याम्पसले सूचनामा उपलब्ध गराएको थियो ।

त्रिविको विभिन्न निकायको लेखापरीक्षणमै अनियमिता भएको र लेखा परीक्षणसम्बन्धी कार्यविधि नभएको कारण एकरूपता नदेखिएको भन्ने समाचार सार्वजनिक भएपछि त्रिविले एउटा कार्यदल बनाएर लेखापरीक्षण निर्देशिकाको मस्यौदा गरेको थियो । कार्यदलले तयार पारी पेश गरेको मस्यौदालाई त्रिवि कार्यकारी परिषद्ले गत वर्ष साउनमा स्वीकृत गरी लागू गरेको छ ।

त्रिविले हालसम्म लेखापरीक्षण सम्बन्धी कुनै पनि कार्यविधि निर्देशिका जारी गरी लागू गरेको थिएन । यो निर्देशिकाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियममा भएको व्यवस्था बमोजिम रजिस्ट्रारको अध्यक्षतामा योजना निर्देशनालय, आर्थिक प्रशासन महाशाखा, प्रमुख कानूनी सल्लाहकार र लेखा परीक्षण महाशाखा प्रमुखहरू पदेन सदस्य रहने गरी बेरुजु फछ्र्यौट समिति गठन गरेको छ भने यो समितिको कार्यक्षेत्र समेत तोकिदिएको छ । यसले लेखाको क्षेत्रमा कार्यरत कर्मचारीलाई समय–समयमा तालिम, गोष्ठी अन्तर्क्रिया गराउनुपर्ने व्यवस्थालाई समेत कार्यान्वयनमा जोड दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x