२२ जेठ २०८३, शुक्रबार

थपिएका संक्रमितभन्दा निको हुने धेरै

थपिएका संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर थपिएका संक्रमितभन्दा निको हुने धेरै रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ५ हजार ३१६ जना संक्रमित थपिएकामा ७ हजार २१७ जना निको भएका छन् ।

१६ हजार ८७८ जनाको परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । कूल संक्रमितमध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार २१७ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ ।

कोरोनाले थप १०१ संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ७ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्